राष्ट्रपति पौडेलको प्रोस्टेटकाे शल्यक्रिया सम्पन्न

पुस ४, २०८१
Description of the image

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटकाे शल्यक्रिया सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालले जनाएकाे छ ।

उनको अवस्था सामान्य रहेको अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति पौडेल प्रोटेस्टसम्बन्धी उपचारका लागि बुधबार बिहान अस्पतालमहाराजगञ्जमा भर्ना भएका थिए ।

lawadev dhungana

Reporter: lawadev dhungana